वीरगञ्ज । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ एकैदिन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा १८० रुपैयाँले बढी हो। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २७० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको महासंघले जनाएको छ।


