Categories राजनीति

एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक सम्पन्न, रिक्त पदमा पदपूर्ति गर्ने निर्णय

Advertisement

वीरगंज । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक विभिन्न संगठनात्मक निर्णय गर्दै सम्पन्न भएको छ। गाउँपालिका कमिटीका अध्यक्ष गम्भिरा साहको अध्यक्षता तथा पूर्वमन्त्री राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले कमिटीका रिक्त पदमा पदपूर्ति गर्नुका साथै कमिटीको खाता सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै पार्टीका कार्यक्रम गाउँपालिकाका सबै वडासम्म विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो।

Advertisement

बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री गुप्ताले पार्टी संगठन बलियो बनाउन नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्‍याउँदै जनताका समस्या समाधानका लागि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए।

Advertisement

गाउँपालिका कमिटीका अध्यक्ष साहले कमिटीलाई सक्रिय र व्यवस्थित बनाउँदै पार्टीका गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन निर्माण र जनताको सेवामा जुट्न आग्रह गरे।

त्यसैगरी, एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेलले संगठनात्मक एकता, अनुशासन र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताए। पार्टीलाई जनतामाझ लोकप्रिय बनाउन जनताका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा एमाले जिल्ला कमिटी सदस्य कृष्ण कुशवाहा, उत्तम तिवारी, कालु दादा, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण कुर्मीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

बैठकले पारित गरेका निर्णय कार्यान्वयन गर्दै संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको जनाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *