Categories समाचार

बुनियाद चौकीमा पाँच महिनामै तस्करीको जालो फैलिएको स्थानीयको आरोप

Advertisement

कलैया । बारा जिल्लाको इलाका प्रहरी कार्यालय बुनियाद चौकीका प्रहरी नायब निरीक्षक (प्रनानि) बलराज गिरीले कमान्ड सम्हालेको पाँच महिना नबित्दै उक्त क्षेत्रमा तस्करी गतिविधि बढेको स्थानीयले आरोप लगाएका छन्।

एक स्थानीयका अनुसार भोला, बटर, आरती किराना, चन्दन कपडा, सिताराम, अर्जुन, देवी, कान्छी माया, कुनी दारु, जयकिशोर कपडा, विक्रम काजु, बासुदेव चकलेट तथा सुरेन्द्र चकलेट पिकअपलगायतका नाम तस्करीसँग जोडिएका छन्।

Advertisement

स्थानीयले बलुवा हुँदै नितपुर चोकसम्म विभिन्न सामान ओसारपसार हुने गरेको दाबी गरेका छन्। साथै, घुमुवा प्रहरीका रूपमा खटिएका प्रहरी जवान जितेन्द्र साहलाई विश्वासपात्रका रूपमा परिचालन गरिएको आरोपसमेत लगाइएको छ।

Advertisement

यद्यपि, स्थानीयले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यस विषयमा प्रहरी नायब निरीक्षक गिरी, प्रहरी जवान साह तथा सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनमाथि नै प्रश्न उठेपछि जिल्ला प्रहरी कार्यालय बाराले यस विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *