Categories समाचार

अभावलाई जित्दै किसानका तीन सन्तान निजामती सेवामा

Advertisement

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् । सीमित आर्थिक स्रोत र किसान परिवारको पृष्ठभूमिबाट आएका उनीहरूले सरकारी सेवामा सफलता हासिल गर्दै परिवारसँगै गाउँको नामसमेत उज्ज्वल बनाएका छन् ।

किसान परिवारमा जन्मिएका सोनु कुमार सोनी, उनकी जेठी बहिनी संगिता सर्राफ र कान्छी बहिनी रबिता कुमारी सोनी सरकारी सेवामा प्रवेश गर्न सफल भएका हुन् ।

Advertisement

तीन दाजुबहिनीमध्ये सोनु कुमार सोनी लेखापाल पदमा कार्यरत छन् भने जेठी बहिनी संगिता सर्राफ सहलेखापालका रूपमा सरकारी सेवामा प्रवेश गरेकी हुन् । पछिल्लो पटक कान्छी बहिनी रबिता कुमारी सोनीले पनि खरिदार पदमा नाम निकाल्न सफल भएपछि परिवारका तीनै जना निजामती सेवामा आबद्ध भएका छन् ।

Advertisement

सोनु कुमार सोनी हाल पर्साको धोबिनी गाउँपालिकामा लेखापालका रूपमा कार्यरत छन् । सामान्य किसान परिवारमा जन्मिएर हुर्किएका उनीहरूले मेहनत, लगनशीलता र निरन्तर प्रयासकै बलमा सरकारी सेवामा आफ्नो स्थान बनाउन सफल भएका हुन् ।

एउटै किसान परिवारका तीन सन्तान निजामती सेवामा प्रवेश गर्न सफल भएपछि परिवारमा खुसी छाएको छ भने गाउँमा समेत उनीहरूको सफलताको चर्चा भइरहेको छ ।

उनीहरूको उपलब्धिले ग्रामीण क्षेत्रका युवायुवतीलाई आर्थिक अवस्था कमजोर भए पनि दृढ इच्छाशक्ति, निरन्तर अध्ययन र मेहनतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *