Categories समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ८ जना पक्राउ

वीरगंज । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गर्ने गरेको आरोपमा काठमाडौंमा ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १२ गते दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–२८, टुकुचा स्थित खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गरेको थियो।

Advertisement

चेकजाँचका क्रममा बाख्रीको मासु करिब ५६७ किलो दुई वटा सवारी साधनमा लोड गर्दै गरेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले BAD 6760 नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसमेत फेला पारेको छ।

Advertisement

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानिया, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती तथा काभ्रेपलाञ्चोकका २५ वर्षीय दिनेश महत रहेका छन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *