Categories राजनीति

लोसपा पर्साको अध्यक्षमा राजेश शाह को दाबेदारी

Advertisement

पर्सा । जसपाको बिबाद पश्चात् निर्वाचन आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजबादी पार्टीको केन्द्रिय नेतृत्व तय भैसके पछि अहिले जिल्ला जिल्लामा जनप्रतीनिधि हरुको सनाखत भैरहदा जिल्लाको नेतृत्व कस्को ब्यक्ति को हाथमा जाने बारे कार्यकर्ता हरु बिच व्यापक चर्चा परिचर्चा शुरु भएको छ।

प्रदेश न.२ को महत्वपूर्ण जिल्ला मा पर्ने पर्सा जिल्ला को नेतृत्व कस्को हाथमा पर्ने बारे जिल्लामा व्यापक चर्चा संगै कोठे बैठक निरन्तर भैरहेको लोसपा समर्पित नेताहरु बताउछ्न ।

Advertisement

जसपा को लागि महत्त्वपूर्ण जिल्ला को रुपमा चिनीएको पर्सा जिल्ला मा लोसपा को लागि पुरानो, सकृय, पुर्णमधेसबादी,जेलनेल भोगेका ब्यक्ति मध्येका एक असल ब्यक्तित्व राजेस कुमार शाह को नाम ब्यापक चर्चामा रहेको बुझिएको छ।

बिगत १८ बर्श देखि निरन्तर मधेस मुद्दा को लागि सकृय भुमिका निर्वाह गर्दै आएका जसपा पर्सा का तत्कालीन सचिव शाह लाई लोसपा पर्सा को नेतृत्व दिने अधिक्तम लोसपा का कार्यकर्ता हरु को मान्सिकता रहेको लोसपा का एक नेताले बताए।

तत्कालीन नेपाल सद्भावना पार्टी ,सद्भावना पार्टी, रास्ट्रिय जनता पार्टी हुँदै जसपा पर्सा को सचिव भइ निरन्तर १५ बर्ष देखि सकृय नेता शाह केन्द्र्मा राजेन्द्र महतो सङ्ग नजीक भए पनि पर्सा जिल्लामा हरेक पक्ष का नेता कार्यकर्ता लाई एक्ताबध बनाई अगाडि बढाउने क्षमता भएको ले वहा लाई नै जिल्ला को अध्यक्ष बनाउन पहल भैरहेको एक पुर्ब जिल्ला सदस्य ले बताए।

भाद्र २१ गते सम्म निर्वाचन कार्यालय मा जनप्रतिनिधि हरुको सनाखत भएपश्चात् जिल्ला को नेतृत्व बारे खुलमखुला बैठक हुने र बैठक बाट सर्बसहमति ले नेतृत्व चयन हुने बताइन्छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *