Categories समाचार

पब्लिक एफ एमको दहेज मुक्त अभियान शनिबारबाट पुनः संचालन

पर्सा। कोरोना कहरको कारण बिचमा स्थगित रहेको पब्लिक एफ एमको दहेज मुक्त अभियान शनिबारबाट पुनः संचालन गरिएको छ ।

शनिवार वीरगंज महानगरपालिका वर्डा नम्बर २८ मा एक जनचेतना मुलक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरीएको हो ।

Advertisement

एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा स्थानीय श्री महानन्द प्रसाद उपाध्याय मा.बिमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं.२८की वडा अध्यक्ष गिरीजा देवी, पुर्व विद्यालय व्यवस्थापन समितिकाका प्रतिनिधी हिरालाल पटेल, स्थानीय नेता ध्र्रुव राउत, श्रीनाथ मिश्रा,वडा सदस्य राज कुमार राउत, नेता जय नारायण सिंह लगायतकाले मंतव्य व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रमको सहजीकरण एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *