Categories समाचार

५९ औं नेपाल रेडक्रस दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो ।

पर्सा । प्रत्येक वर्ष देशभरी स्थापन दिवसको रुपमा मनाउने गरिएको नेपाल रेडक्रसको आज ५९ औं वर्ष पूरा भएको अवसरमा नेपाल रेडक्रस पर्सा शाखाद्वारा विभिन्न कार्यक्रम गरि ५९ औ दिवस मनाइएको छ ।

पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलले शाखा भवनमा झन्डोतोलन गर्नुका साथै रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको तस्वीरमा फुलमाला चढाइ शुभकामना मन्तब्य दिदै आज जिल्लाका उपशाखाहरुले विभिन्न कार्यक्रम गर्नु हुनेछ साथै देश भरीकै सबै रेडक्रसकर्मिलाइ दिवसको शुभकामना दिनु भएको थियो।

Advertisement

झन्डोतोनल सङै नेपालको मुख्य प्रवेशद्वार नजिक रहेको लक्ष्मिनारायण मन्दिरको प्राङ्गणमा शाखा, उपशाखाका पदाधिकारी बृक्षारोपण गनुका साथै मास्क बितरण समेत गरिएको कुरा उपमन्त्री साबिर अहम्मद एराजले बताए ।

Advertisement

सोही अवसरमा माइस्थान उपशाखाको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण संचालन गरिएको छ सो कार्यक्रममा नगरप्रमुख बिजय कुमार सरावगिले आफ्नो रक्तचाप परिक्षण गरि उदघाटन गर्नु भएको थियो भने स्वागत उपशाखाका सभापती मदन गुप्ता, धन्यवाद मन्तव्य शाखाका सभापति बिरेन्द्र राज कन्डेल, शुभकामना प्रदेश २ का अध्यक्ष फुलमहम्मद मियाले मन्तव्य दिनुभएको थियो भने ने.मे.क का चिकित्सकहरुले प्राबिधिक सहयोग गरेका छन भने कार्यक्रम संचालन राजन श्रीवास्तवले गरेका थिए ।

त्यसै गरि बिरुवागुठी उपशाखाद्वारा बृक्षारोपण गरिएको कुरा उपशाखाका सभापति महम्मद जिकरुल्लाले जनाए ।

साथै रानिघाट उपशाखाद्वारा समेत मास्क बितरण गरिएको कुरा सभापती दिनानाथ रौनियारले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *