Categories राजनीति

फोरमबाट निर्वाचित वडा सदस्य लोसपामा

Advertisement

पर्सा । लोकतान्त्रीक समाजवादी पार्टीमा प्रवेश गर्नेको अहिले लहर चलेको छ । जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रीक समाजबादीमा निर्वाचित प्रतिनिधिहरु नै प्रवेश गर्ने लहर चलेको हो ।

निर्वाचित प्रतिनिधीलाई पार्टी छान्ने समय यही बैशाख २२ गतेसम्म निर्वाचन आयोगले दिए अनुसार निर्वाचित प्रतिनिधीहरु लोकतान्त्रीक समाजवादीमा रहेको भनि आयोगको कार्यालय पुगेर सनाखत गरिरहेका छन् ।

Advertisement

आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा तत्कालिन फोरमबाट निर्वाचित वडा सदस्य कृष्णा कुसुवाह र धोबिनि गाउपालिका वडा नम्बर १ बाट निर्वाचित सुरेन्द्र राउत अहिर जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफूहरु लोकतान्त्रीक समाजबादी पार्टीमा रहेको भनि सनाखत गरेका छन् ।

प्रदेश नम्बर २ मा प्रदेश सभा सदस्यहरु पनि जनता समाजवादी पार्टी त्यागेर लोकतान्त्रीक समाजवादी पार्टी रोजिरहेका हुन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *