Categories समाचार

जिराभवानी गाउँपालिकामा ६२ घर परिवारलाई राहत बितरण तथा धारा हस्तान्त्रण ।

Advertisement

पर्सा । पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.०२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ ।

भोलेन्टियर काँप नेपाल (भिसिएन)ले सेढवा टोलमा रहेका ६२ घर परिवारलाई प्रति परिवार २५ के.जी चामल, एक किलो दाल, एक प्याकेट नुन, एक बोतल खाने तेल, नुहाउने तथा भाडा सफा गर्ने साबुन एक एक पिस र दाँत माजने मंजन एक पिस प्रदान गरिएको भिसिएनका पर्सा संयोजक प्रकाश थारुले जानकारी दिनु भयो ।

Advertisement

जिराभवानी मंन्दिरमा एक कार्यक्रमको आयोजना गरि सेढवा टोलका माँझी तथा दलित बस्तीका ६२ घरका प्रत्येक परिवारलाई भिसिएनका अध्यक्ष दिपक चापागाई तथा उपाध्यक्ष राधा मटाङगी, सशस्त्र प्रहरी सुरक्षा बल जिराभवानीका सशस्त्र प्रहरी निरिक्षक केदार राईले संयुक्तरुपा हस्तान्त्रण गर्नु भयो । सो कार्यक्रमको सहजीकरण संयोजक प्रकाश थारुले गर्नु भयो ।

यसैबिच, भिसिएनले सोहि स्थानमा करिब ४० घर परिवारलाई प्रयोगका लागि धारा निर्माण गरि हस्तान्त्रण गरेको छ । कार्यक्रममा स्थानीले एक अर्को धाराको माग गर्दा भिसिएनका अध्यक्ष दिपक चापागाईले सोहि समय एक अर्को धाराका लागि चाहिने रकम पनि प्रदान गर्नु भयो ।

कार्यक्रममा स्थानिय पत्रकार ओम प्रकाश चौधरी, भिसियनका बिस्वास लामिछाने, सुनिल भंडारी लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *