Categories समाचार

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरिएको घटनाप्रति अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिन्दूहरुको आस्थाको केन्द्र मानिने सप्तरीको भारदह स्थित रहेको कंकालिनी मंदिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै अभियानकी उपाध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको हो ।

उपाध्यक्ष साहलाई पुरुष प्रहरीले पक्राउ गर्दा महिला अस्मिताको ख्याल नगरी पक्राउ गरिएको अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै हिन्दुहरुको मन्दिरहरुमा मुस्लिम समूदायबाट बनेको मुख्य मन्त्रीको फोटो अंकित तस्बीर बली प्रदान गर्ने स्थानमै होर्डिङ् बोर्ड बनाई झुन्डयाउने षडन्त्र भएको अभियानको ठहर छ ।

Advertisement

होर्डिङ् बोड लागाउदा पनि मन्दिर समितिहरुले मुख्यमन्त्रीको कार्यकर्ता बनी बोर्ड लगाउन दिनु र संरक्षण गर्नु दुखद कार्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ। अभियानको उपाध्यक्ष साहसहितको टोलीले होर्डिङ् बोर्ड हटाउन हनुमान नगरनगरपालिकालाई आग्रह गरेपनि हटाउन नमानेपछि हिन्दू अभिन्ताहरुले बाध्य भएर होर्डिङ् बोड जलाउनु परेको अभियानको भनाइ छ ।

Advertisement

होर्डिङ् बोड हटउने र जलाउने क्रममा प्रहरीद्वारा पक्राउ गरिएकी अभिायानकी उपाध्यक्ष सुनिता साहलाई तत्काल रिहा गर्न अभियानले जोडदार माग समेत गरेको छ । उपाध्यक्ष साहलाई रिहा नगरे अभियानले कडा अन्दोनमा उत्रिन बाध्य हुने अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *