पर्सा । ‘सामान्य अवस्था वा कोभिड महामारी :बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ५७औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर -५ भौराटारस्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बिधालयका बालबालिकाहरुको उज्ज्वल भबिस्यको कामना गर्दै – नेपालको संविधानको धारा ३९ मा मौलिक हकको रूपमा बालबालिकाको हक , बालबालिकासम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन लगायत यस्ता अतिरिक्त कार्यक्रम बालबालिकाको सर्वाङ्गीण विकासका लागि सकारात्मक रहेको तर्क बिधालयका प्रधानाध्यापक संजय कुमारले व्यक्त गर्नु भयो ।
बिधालय प्राङ्गणमा सम्पन्न भएको हाजिर जवाफ प्रतियोगितामा कक्षा-सात,आठ,नौ र दसका बिद्यार्थीहरुले भाग लिएको थियोे र बिजेता समुहलाइ पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा बिधालयका शिक्षक, शिक्षिका , कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती थिए ।




