Categories शिक्षा समाचार

अर्काको नाममा कक्षा १२ को परीक्षा दिने दास पक्राउ गरेको छ ।

Advertisement

वीरगञ्ज । अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अर्काको नाममा परीक्षा दिने पर्साको पर्सागढी नगरपालिका–८ निवासी राजकुमार दासलाई पक्राउ गरेको हो । उनी पर्सागढी नगरपालिका-४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन् ।

Advertisement

दासले सन्दीप दास थारुको नाममा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिइरहेका थिए । सन्दीपको प्रवेश पत्रको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परिक्षा दिइरहेको बेलामा प्रहरीले दासलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *