Categories अर्थ हाइलाइट-समाचार

श्रोत नखूलेको रू.३८,५१,१००सहितहुण्डी कारोबार गर्ने दुई जना  पक्राउ ।

वीरगंज । पर्सा प्रहरीले हुण्डी कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ।

सूचना परिचाल तथा प्रहरी कारवाहीको सिलसिलामा आज दिउँसो २ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.६ माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको के.पी.ज्वेलरी भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सुचना प्राप्त भएपछि दुबै जना पक्राउ परेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त ज्वेलर्स भित्र रितपुर्वक खानतलासी गर्दा श्रोत नखूलेको नेपाली नगद रू.३८,५१,१००।–(अठतीस लाख एकाउन्न हजार एक सय) फेला पारी बरामद गरी संचालक बर्ष ४५ का कन्हैया प्रसाद सोनार र सोही ज्वेलर्समा काम गर्ने व्यक्ति जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.३ बस्ने बर्ष २० का दिपक कुमार सर्राफलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Advertisement

दुबै जना माथी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *