Categories अर्थ समाचार

भन्सार छली चोरी पैठारी गरी ल्याएको हाडवेयरका सामानहरू सहित ट्रक पक्राउ

पर्सा । भन्सार छली चोरी पैठारी गरी ल्याएको हाडवेयर सामान सहित ट्रक पक्राउ परेको हो ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा हिजो बेल्का अं.९:३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित परवानीपुर सडकखण्डको बाटो हुँदै ना.८ ख ६४५७ नम्बरको मालवाहक ट्रकमा पेन्ट तथा हार्डवेयरका सामानहरु भन्सार छली चोरी पैठारी गरी चितवन तर्फ लाँदै गरेको अवस्थामा पक्राउ परेको हो ।

Advertisement

भन्सार छली चोरी पैठारी गरी सामानहरू लग्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालबस्तुहरूको बिलविजक नरहेकोकोले उक्त ट्रकलाई चालक जिल्ला नवलपरासी देउचुली न.पा.वडा नं.५ बस्ने वर्ष २५ को घनश्याम भट्टसहित नियन्त्रणमा लिईएको छ।

Advertisement

सामान तथा ट्रकको रू.४०,००,०००।- (चालीस लाख)  मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *