Categories राजनीति समाचार

नेपाल काङ्ग्रेस पर्सा जिल्ला कार्यालय आज देखि आफ्नै भवनमा ।

Advertisement

बिरगंज । आफ्नै भवनमा नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आज सरेको छ । मिति २०७८ असोज १ गतेका दिन नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आफ्नै भवन वीरगंज महानगरपालीका वडा नं.२४ मा सर्न लागेकोले सो शुभ अवसरमा नेपाली कांग्रेस पर्साद्धारा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोतलन गरि उद्घाटन गरिएको हो ।

नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा/दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती सुरूजपती देवी , नेपाली कांग्रेसकाे वरिष्ठ नेता देवेन्द्रलाल नेपाली , नेपाली कांग्रेस पर्साकाे सभापति अजय कुमार द्विवेदीले संयुक्तरूपमा नेपाली कांग्रेसकाे चार तारे झण्डाकाे झण्डाेतलन गरि सुभारम्भ गरिएको हो।साे अवसरमा जिल्ला उपसभापति द्वय दिना गुप्ता ,प्रकाश उपध्याय,सचिव द्वय किशाेरी साह कानु,श्याम पटेल,सहसचिव द्वय राेशन लामिछाने,किरण सरकार,विधायक शंकर चाैधरी,राजेश्वर साह,वरिष्ठ नेताहरू विरेन्दलाल नेपाली,बिध्या श्रेष्ठ , कोपिल कडेल रुपा श्रेष्ठ , मिन्टु सिहँ , सन्तोष खतिवडा, मनोजा चौधरी, लगायत महासमिति सदस्यहरू,महाधिवेशन प्रतिनिधिहरू,क्षेत्र,प्रदेश ,नगरपालिका ,गाउपालीका,वडा तहका पदाधिकारी, सदस्यहरू,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरू एवं कृयाशिल सदस्यहरूकाे व्यापक उपस्थिति रहेको यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ताले जानकारी गराउनु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *