Categories समाचार

कार्वाहीको माग गर्दै फोनिज पर्साद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई ज्ञापनपत्र ।

Advertisement

बिरगंज । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का पर्सा जिल्ला अध्यक्ष कुलनारायण प्रधान (दिलिप)लाई एक जना भारतीय महिलाले आफ्नो चरित्र हत्या हुने गरी गतिविधि गरिरहेको भन्दै कारबाही गर्न फोनिज पर्साको माग रहेको छ ।

फोनिज पर्साले आज पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई ज्ञापन पत्र दिँदै भारतीय नागरिक सीता पटेलले आफ्नो सस्थाका अध्यक्ष दिलिप प्रधानको बारे अनर्गल प्रचार गर्दै हिँडेको भन्दै उनलाई कारबाही गर्न माग गरेका हुन् ।

Advertisement

फोनिज पर्साका अध्यक्ष दिलिप प्रधान बिरगंज- ११ श्रीपुर सामुदायिक सेवा केन्द्रका सचिव समेत हुन ।अध्यक्ष प्रधानलाई पटेलले आफ्नो ससुरासँग मिलेर घर निकाला गर्ने षड्यन्त्रमा सहभागि भएको आरोप लगाएकी थिइन् । उनले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै घटना मिलाउन प्रधानले आफूसँग ५० हजार लिएको तर काम नगरी उल्टै आफूलाई दुःख दिएको बताएकी थिइन् ।

फोनिज पर्साका अध्यक्ष प्रधानले भने पटेलले आफूलाई तथ्यहिन आरोप लगाएको भन्दै उनी विरुद्ध जिल्ला अदालत पर्सामा किर्ते नागरिकताको मुद्धा चलिरहेको र त्यसबाट बच्न आफूहरुमाथि अनर्गल आरोप लगाउँदै हिँडेको बताए ।

प्रधानले सीता पटेल भारतीय नागरिक रहेको प्रमाण सहित पर्सा प्रहरीले पक्राउ गरि मुद्दा चलाएकोमा ६० हजार धरौटीमा छुटे लगतै आफुलाई फसाउन खोज्नेलाई पनि फसाउने भन्दै पर्साको बिरगंजमा आफू बदनाम भएकोले काठमाडौंमा पत्रकार सम्मेलन गरि अध्यक्षको चरीत्र हत्या भएको हुदा यथासिघ्र कानुनि कार्वाहीको माग गर्दै फोनिज पर्साले आज जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।

ज्ञापनपत्र बुझाउन फोनिज प्रदेश न.२ का ईन्चार्ज निरज पिठाकोटे मगर , फोनिज पर्साका उपाध्यक्ष अजित कुमार भुजेल , सचिव हेमन्त तामाङ , कोषाध्यक्ष मुनेश लायो मगर , फोनिजका जगत राई , सामुदायिक सेवा केन्द्र श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *