Categories विदेश समाचार

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा अवैध रुपमा नेपाल भित्राउने व्यक्तिहरु पक्राउ

Advertisement

काठमाडौं । रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारि अवैध रुपमा नेपाल भित्राउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने बंगलादेश घर भएका बंगलादेशी राहदानी नम्बर बिके ०७२५८८१ बाहक ३० वर्षीय आजमत अलि, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २६ वर्षीय नूर अमिन रहेका छन् ।

Advertisement

अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले बंगलादेशबाट नेपाल ओसार्दै गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिली रोहिंग्या शरणार्थीहरुलाई नेपाल भित्राउने गरेको खुल्न आएपछि उनीहरूलाई शनिबार पक्राउ गरी मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलमा पठाएको थियो ।

Advertisement

उक्त ब्यूरोबाट थप अनुसन्धानको क्रममा बङ्लादेशमा शरण लिएका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा पुगेपछि मासिक भत्ता दिईने तथा २०२२ मा यूएनएचसिआरले अमेरिका जाने परिचयपत्र दिने प्रलोभनमा पारि नूर अमिन समेतले रोहिंग्या शरणार्थीहरुबाट २ लाख ५० हजार टाका लिई साउन १८ गते स्थलमार्ग हुदै भदौ १८ गते बिराटनगर ल्याई भदौ १९ गते काठमाडौंस्थित यूएनएचसिआर कार्यालय जाने बाटोसम्म छोडीदिएकोमा शरणार्थिको परिचयपत्र दिई यूएनएचसिआरले कपनस्थित रोहिंग्या शरणार्थीहरूको जिम्मा लगाएको थियो ।

उनीहरूको खोजि गरी घटनाका सम्बन्धमा सम्पूर्ण जानकारि लिँदा उनीहरूलाई नेपाल हुँदै अमेरिका लैजाने भनि अवैध रुपमा ओसारपसार गरेको खुल्न आएपछि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *