Categories समाचार

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा कवाडीहरुलाई व्यवस्थापन गर्न र चोरी हुनबाट बच्न सरोकारवाला सङ्ग छलफल ।

Advertisement

बिरगंज । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले कवाडी व्यवस्थापन गर्न , चोरी नियन्त्रण र न्यूनीकरण गर्नको लागि सरोकारवालाहरु सङ्ग छलफल गरेको हो ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षता बसेको छलफल कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीको प्रमुख आतिथ्यमा बिरगंज महानगर पालिका वडा न.१० मा दिनानुदिन चोरीका घटना बढदै गएकोले यसलाई नियन्त्रण गर्न आदर्शनगर -१० मा रहेका कागज , कार्टुन , प्लास्टिक तथा विभिन्न प्लास्टिक बोतल कवाडी प्लास्टिक लगायतका सामनहरु खरिद- बिक्रि गर्ने सम्बन्धित कवाडी पसलहरुका सरोकारहरुलाई भेला जम्मा गरि बिरगंज आसपासका क्षेत्रमा दिनानुदिन चोरी भैइ रहेकोले चोरीका सामानहरु सजिलै कवाडमा लगि बिक्री गर्ने हुदा आफ्नो कारोबारको सामानहरु मात्र किनमेल गर्ने र आफुले किनमेल नगर्ने सामानहरु र शंका लाग्ने बस्तुहरु प्राप्त हुन आएमा नजिकको प्रहरीलाई वा १०० नम्बरमा डायल गरि खबर गर्न आग्रह समेत गरिएको थियो ।

Advertisement

छलफल कार्यक्रममा कवाडी व्यापारीहरुले रातीको ११ बजेदेखि बिहानको ५ बजेसम्म कुनै प्रकारको रिक्सा , कवाड ठेला र ठेलाहरुलाई चलाउनको लागि निषेध गर्ने र चलाएको फेला परेमा नियन्त्रणमा लिन समेत सुझाव दिएका थिए र सोही अनुसार सर्वसहमतिमा सो निर्णय गरिएको केन्द्रका अध्यक्ष खेतानले बताउनु भयो।

Advertisement

छलफल कार्यक्रममा एसटिएफ आदर्शनगरका हिरा बहादुर बुढाथोकी , पर्सा पोस्टका अजित भुजेल , प्रहरी हवल्दार रामबाबु सुवेदी , प्रहरी जवान होम बहादुर थापा , प्रिती स्केपका सन्चालक हिरालाल साह , अशोक स्केपका सन्चालक अशोक साह , भगवती स्केपका सन्चालक लक्ष्मी गोसाई , बर्णबाल स्केपका सन्चालक मोहन पटेल , जैसवाल स्केपका सन्चालक लालबाबु जैसवाल लगायतकाको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *