Categories समाचार समाज

पर्सामा लागु औषध सहित २ जना पक्राउ

Advertisement

श्याम सर्राफ

वीरगंज । पर्सा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ।

Advertisement

आज दिउसो १:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा बिशेष सूचनाको अधारमा लागु औषध नियन्त्रण व्यूरो तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

ना.३५ प ४०४८ नम्बरको कालो सुपर स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकल पछाडि जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ अलौ बस्ने वर्ष ३९ का बिनोद दास हरिजनले बोकेको कालो प्लाष्टिकको झोलामा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्राभेट ट्याब्लेट १४७० पिस फेला परेकोले उल्लेखित लागु औषध र मोटरसाइकल पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।

बिनोद दास हरिजन तथा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१७ सिमान टोल बस्ने वर्ष २३ का सुनिल साहलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको समेत खनालले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *