Categories खेलकुद समाचार

ठोरीको विकास बिना जिल्लाको विकास असम्भव : सांसद प्रदिप यादव

Advertisement

बीरगन्ज । पर्सा क्षेत्र नं १ का संघिय सांसद माननीय प्रदिप यादवले ठोरीको विकास बिना जिल्लाको विकास असम्भव रहेको बताएका छन् । भौगोलिक दृष्टिकोणले जिल्ला सदरमुकामभन्दा टाढा रहेको ठोरीको विकास नभएसम्म जिल्लाको समुन्नतीको कल्पना समेत गर्न नसकिने उनले बताएका हुन् ।

शनिबारबाट सुरु भएको स्व. राम बहादुर श्रेष्ठ दोस्रो गोल्डकप फूटबलको उद्घाटन गर्न विजयबस्ती पुगेका सांसद यादवले हुलाकि सडकमार्फत जिल्ला सदरमुकामसँग जोडिएको ठोरीलाई अब मूलधारमा ल्याउन सबैको साथको आवश्यक्ता रहेको जिकिर गरे । उनका अनुसार प्रचुर पर्यटकिय सम्भावना बोकेको यो गाउँपालिकालाई पर्यटकिय गन्तव्यका रुपमा स्तरोन्नती गर्नु वर्तमानको आवश्यक्ता हो ।

Advertisement

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले ठोरीमा तत्कालै खेल मैदान निर्माण गर्नका लागि आफू तयार रहेको बताए । गोल्डकप हेर्न पुगेका दर्शकहरुको उत्साहजनक सहभागिताको सम्मान गर्दै उनले गाउँपालिकाले जग्गाको व्यवस्थापन गरे खेल मैदान निर्माण गर्न आफू तयार रहेको बताएका छन् ।

Advertisement

ठोरीमा विभिन्न जातजाती, भाषाभाषी तथा धर्मसंस्कृति भएकाहरुको एकतापूर्ण बसाईंले आफूलाई निकै प्रभावित पारेको उनले भने । ठोरीबाट देशका अन्य सहरले पनि पाठ सिक्नुपर्ने उनको भनाई छ ।

आयोजक विजयबस्ती फूटबल क्लबका अध्यक्ष झलकमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, जिराभवानी गाउँपालिका अध्यक्ष रामप्रित महतो, प्रदेश सांसद शंकर चौधरी, युवा उद्यमी तथा समाजसेवी टेक बहादुर शाक्यलगायतकाको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्थानिय विद्यालयका विद्यार्थीहरुले झाँकी, मार्चपासलगायतका सांस्कृति प्रस्तुती समेत प्रदर्शन गरेका थिए । विजयबस्ती फूटबल क्लबको आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा देशैभरिका १६ वटा क्लबले सहभागिता जनाएका छन् ।आजको खेलमा राप्ति युवा क्लब र हाम्रो टिम विरगंज बीच भएको थियो भने प्रतियोगिता २८ गतेसम्म जारी रहने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *