Categories अर्थ समाचार

नेपाल सरकार द्वारा आजबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला

Advertisement

वीरगंज । झण्डै डेढवर्ष अघिदेखि बन्द रहेको नेेेपालको भन्सारको कारणले  भारतीय सवारी साधनले  नेपालमा प्रवेश पाएका थिएनन् । अब भारतीय सवारी साधनले महसुल  बुझाएर नेपाल घुम्न पाउने सुविधा आज देखी (शुक्रबार) पाउने भएका छन् ।

Advertisement

कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको नाकामा कुनै पनि सवारी साधन नेपाल भित्रिन पाएका थिएनन् ।

Advertisement

अब सरकारले भन्सार खुला गरेसँगैे भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश गर्न पाउने भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न पाउने सीमामा रहेको भन्सार कार्यालयहरुले जनाएको छ ।

Advertisement

नेपाल सरकारले शुक्रबारबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि नियम अनुसारको राजस्व बुझाएर निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने र  भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र छोटो दुरीमा सुविधा लिनुपर्ने हुन्छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *