पर्सा । अन्तर्राष्ट्रिय सान्केतिक भाषा दिवस तथा ११ औं साधारण सभा उदघाटन समारोह कार्यक्रम सप्पन्न भयो । पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीले पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा बिशिस्ट अतिथिमा बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , अतिथिमा बिधालय व्यवस्थापन समितीका सदस्य अजय साह , नेपाल पत्रकार महासंघ प्तदेश न.२ का पुर्व सदस्य जगत राई , सामाजिक अभियन्ता प्रकाश थारु , पर्सा पोस्टका प्रकाशक अजित भुजेल , सन्चारकर्मी संतोषमान रन्जितकार , हरिशन्कर कुर्मी , स्रोत शिक्षक राजकिशोर प्रसाद कानु लगायतकाको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य र कार्यक्रम सन्चालन पर्सा बहिरा संघका दोभासे अर्चना कर्णले गर्नु भएको थियो ।
११ औं साधारणसभाले पुन एक चोटीकोलाई सगुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमिति चयन भएकोमा उपाध्यक्षमा समिक्षा सापकोटा , सचिवमा अजय कर्ण, कोषाध्यक्षमा जुलफकार अन्सारी , सदस्यमा प्रभात मिश्र , सिल्पा कर्ण , रुपलाल भगत कोईरी , जगदीश कम्ती , र उमेश गुप्ता रहनु भएको अर्चना कर्णले जानकारी दिनु भयो ।
बहिरा विद्यार्थीहरुको लागि दोभासेको अत्यन्त आवस्यक रहेको र २०६७ सालमा बहिरा संघ स्थापना भएको र ९ बर्षको सघ्रस पछि आज बहिरा बिधालय स्थापना भएको बताए । सो बहिरा बिधालयमा अहिले नर्सरि देखि ५ कक्षा सम्म पढाई हुने गरेको छ भने ३ बर्ष देखि १६ बर्षका २३ जना बहिरा विद्यार्थी अध्यनरत रहेको दोभासे अर्चना कर्णले जानकारी दिनु भयो ।







