Rato Pana
अर्थ हाइलाइट-समाचार

हुण्डीको साढे पन्ध्र लाख सहित भारतका दुई सहित तिन जना पक्राउ

Advertise: Advertise: Advertise:

वीरगंज । पर्सा प्रहरीले हुण्डी कारोबार गर्ने भारतका दुई सहित तिन जनालाई पक्राउ गरेको छ।
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा छप्कैया-सिर्सिया नाका हुँदै हुण्डी कारोबार हुँदैगरेको सूचना प्राप्त भएपछी तिनै जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारत जिल्ला पुर्वी चम्पारण थाना कंगेली-१ बसतपुरका २५ वर्षिय बिक्रम पटेल ,भारत जिल्ला मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षिय मुकेश पटेल र जिल्ला पर्सा धोविनी गा.पा.वडा नं.३ हरिहरपुरका २३ वर्षिय बलिराम पटेल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले वीरगञ्ज म.न.पा.वडा नं.२५ सिर्सिया छोटी भन्सार अगाडिबाट भारतबाट आउँदै गरेका ना.६० प. ५९९८ नम्बरको सिडी डिलक्स  , ना.४१ प. १०४८ नम्बरको सिडी डिलक्स र ना.६४ प. ८३५९ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल चढी आएका व्यक्तिहरूलाई रोकी तलासी लिँदा निजहरूले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली रू.१५,५०,०००।–(पन्ध्र लाख पचास हजार) फेला परेपछि पक्राउ गरेका हुन ।

रकम बरामद गरी मोटरसाईकल सहित तिनैजनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Advertise:

Related posts

Leave a Comment