Categories अर्थ समाचार

भन्सार छली गरी ल्याएको खुद्रा सामानहरू सहित ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Advertisement

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याएको खुद्रा सामानहरूसहित ट्रक नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा बाग्मती प्रदेश ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रकमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरू भन्सार छली वीरगञ्जबाट मकवानपुरतर्फ लाँदैगर्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Advertisement

सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज दिनको अन्दाजी .१२:१० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक भागी फरार भएको हुँदा उक्त ट्रकलाई मालसामानसहित वेवारिसे अवस्थामा नियन्त्रणमा राखिएको छ।

Advertisement

सामान तथा ट्रकको रू.३०,००,०००।–(तीस लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *