Categories समाचार स्वास्थ्य

सामुदायिक संस्था सानो पाइलाले १ लाख मास्क वितरण गर्ने घोषणा

Advertisement

वीरगंज । सामुदायिक संस्था सानो पाइलाले नेपाल मास्क अभियानमा ऐक्यबद्धता जनाउँदै १ लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । शुक्रवार बिहान घण्टाघरमा एक कार्यक्रमका बिच सानो पाईलाले प्रदेश नम्बर २ का ८ वटै जिल्ला सदरमुकामसहित अन्य स्थानमा गरेर १ लाख मास्क वितरण गर्ने घोषणा गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले मास्क अभियानलाई निरन्तरता दिनुपर्ने बताए । सर्वसाधारण नागरिकहरुले मास्क लगाउन बिर्सिसकेको अवस्थामा खबरदार गराउनुका साथै सचेतना फैलाउनुपर्ने सहायक प्रजिअ पौडेलको भनाई छ ।

Advertisement

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफु र अरुको सुरक्षाका लागि मास्क अनिवार्य लगाउनुपर्ने बताए । प्रहरी उपरीक्षक पाण्डेले भने, ‘अहिले हामी सबैले मास्क लगाउन बिर्सिसकेका छौँ । यसले लापरवाही बढेको स्पष्ट हुन्छ ।’ नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

Advertisement

सानो पाइलाका सभापति सुदिप लामाको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा प्रकाश पार्दै संस्थाका संस्थापक कञ्चन झाले सानो पाइलाले नेपाल मास्क अभियानलाई सफल पार्नका लागि १ लाख मास्क वितरण गर्ने लक्ष्य लिएको बताए । आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्नका लागि जनचेतना जगाउने अभिप्रायले निःशूल्क रुपमा मास्क वितरण गरिएको झाको भनाई छ । यसअघि पनि अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाले आगामी दिनमा पनि समाज र सामाजिक प्राणिको हितमा हुने कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता पनि झाले व्यक्त गरेका छन् ।

१ लाख मास्क वितरण गर्ने अभियानअन्र्तगत घण्टाघरमा मोटरसाइकल चालक, सवारी चालक, पैदल यात्रु लगायत गरी १ हजार मास्क वितरण गरिएको संस्थाकी स्विटी चौरसियाले जानकारी दिईन् । कार्यक्रममा सानो पाईलाकी सचिव डा. सुष्मा तिवारी द्विवेदी, सञ्चारकर्मी सूर्यनारायण वि.क., संस्थाका पदाधिकारी, राजनीतिकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण सञ्चारकर्मी विवेक कर्णले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *