Categories शिक्षा समाचार

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

Advertisement

वीरगञ्ज । वीरगञ्ज गोल्डेन गेट एकेडमी द्वारा आज रौतहट जिल्लाको मो मौलापुर नगरपालिकामा निर्मित पिकनिक पार्कमा एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज गोल्डेन गेट एकेडमी का बिधार्थी हरु लाई सम्मान तथा विदाई गरिएको छ ।

विधालय का संचालक सगिर अंसारी को सभापतित्वमा सम्पन्न कार्यक्रममा विधालय का प्रध्यापक शेख अजहर, कोडिनेटर भरत यादव , विदाई तथा सम्मान कार्यक्रमको कार्यक्रम संयोजक शेख अमजद विशिष्ट अतिथि भोजपुरी टाइम्स दैनिक पत्रिका का कार्यकरी सम्पादक एवं नेपाल युवा परिषद् प्रदेश नं २ का संयोजक श्रवण प्रसाद साह, विशिष्ट अतिथि फोटो पत्रकार शेष मखदुम जहागस्त , बिशिष्ट अतिथि होटल व्यवसायी संघ पर्सा का महासचिव तथा होटल आमान प्यालेस का संचालक तबरेज आलाम , अतिथि बारा दैनिक अनलाइन का संचालक मानिकचन साह लगायत विधालय का शिक्षक शिक्षिका तथा बिधार्थीहरुको सहभागिता रहेको थियो।

Advertisement

सो विदाई तथा सम्मान कार्यक्रम मा विधालय को तर्फबाट विधालय का कोडिनेटर भरत यादव लाई वेष्ट शिक्षक को एवार्ड बाट सम्मानित गरिएको थियो।

Advertisement

सो कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज पब्लिकेशनको संचालक इजरायल अंसारीले विधार्थीहरु एउटा काचो माटो हो विधार्थी जिवन एउटा एस्तो जिवन हो जुन विधालय बाट सिकिन्छ तपाईहरुले सिक्नु भयो तर धेरै कुराहरु सिक्ने अहिले बाँकी छ तपाईंहरु वीरगञ्ज गोल्डेन गेट एकेडमीको गोल्डेन गेट पास गर्नुभएको छ र गरिबि कुनै पुर्न जनमको पाप होईन हाम्रै लापरवाही र आलस्य को कारण हो भने जस्तै अशिक्षित हुनु भने हाम्रै कारण हो प्रमुख अतिथि अंसारीले बताए।

सो कार्यक्रममा स्वागत मन्तव्य विधालय का प्रध्यापक शेख अजहरले गर्नु भएको छ भने कार्यक्रम संचालन शेख अमजदले गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *