Categories समाचार स्वास्थ्य

राउण्ड टेबल नेपालद्वारा रौतहटमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

Advertisement

वीरगञ्ज । राउण्ड टेबल नेपालको अधीनमा रहेको वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ को आयोजनामा रौतहट जिल्लास्थित इस्नाथ नगरपालिकाको डुमरियामा आयोजित दुई दिने नि:शुल्क स्वास्थ्य शिविरको आज उद्घाटन भएको छ ।

ग्रामिण भेगका जनतालाई सुलभ र सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको पहिलो दिन ५ सय जना भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

Advertisement

इस्नाथ नगरपालिकाका नगरप्रमुख सन्तोष मेहताको विशेष पहलमा डूमारिया हेल्थ पोस्टमा आयोजित शिविरमा वीरगञ्जबाट आएका विभिन्न रोगका विषेशज्ञहरुले विरामीहरुलाई परामर्श दिनुका साथै नि:शुल्क औषधीसमेत वितरण गरेका थिए ।

Advertisement

शिविरमा नारायणी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सरोज रोशन दास, नारायणी वयोधा अस्पतालकी प्रसूति विभाग प्रमुख सविना रेग्मी, नारायणी आई सेन्टरका राजेश यादव, प्रभात चौरसियालागायातले विरामीहरुलाई परामर्श दिएको वीरगञ्ज फ्रेण्ड राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्नाले बताए ।

अध्यक्ष खन्नाका अनुसार स्वास्थ्य शिविर शनिवार पनि जारी रहने छ । शनिबारको शिविरमा थप ३ विषयका विषेशज्ञ चिकित्सकहरु आउने भएका छन् । शनिवारको शिविरमा नारायणी अस्पतालका बाल रोग विशेषज्ञ डा. नवीन झा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादव, नेत्र रोग विशेषज्ञ डा. वि. डी. चौरसिया आउने लागेका हुन् ।

शिविरमा भोलि आँखामा समस्या भएका रोगीहरुलाई नि:शुल्क चस्मा वितरण कार्यक्रम रहेको खन्नाले जानकारी दिए । स्वास्थ्य शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शेख इसराजुल, हेल्थ पोष्ट इन्चार्ज विजय यादव, स्वास्थ्यकर्मी अरुण महेता, धुर्व श्रीवास्तव, सुनिल साह, विवेक गुप्ता, प्रीति साह, समाजसेवी सुधाकर महेता, मनोज महेता लगायतले सहयोग गरेका थिए ।

वीरगञ्ज फ्रेण्डस् राउण्ड टेबल ८ ले यस अघि विभिन्न समाजिक क्रियाकलापहरु सक्रिय रूपमा सहभागिता जनाउँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *