Categories राजनीति

मन्त्री नबनाएकाे आक्राेशमा उपेन्द्र यादवलाई काला नाग मुर्दाबाद भन्दै वीरगंजमा प्रदर्शन

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नबनाएकाे आक्राेशमा वीरगंजमा प्रदर्शन भएकाे छ ।

सांसद यादवका समर्थकहरुले वीरगंजकाे घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवकाे पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव  मुर्दाबाद, काला नाग मुर्दाबाद,  जसपाका शान प्रदिप यादव जिन्दावाद, नेता कस्ताे ? प्रदिप यादव जस्ताे लगायतका चक्राे नारा लगाएका थिए ।

Advertisement

कुन्दन कुमार सिंहको नैतृत्वमा भएकाे प्रदर्शनमा जसपाका वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनाेज यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *