Categories समाचार स्वास्थ्य

ग्यालेक्सी फिटनेस सेन्टर द्वारा रक्तदान कार्यक्रम सम्पन्न,९७ जना द्वारा रक्तदान

Advertisement

श्याम सर्राफ

वीरगंज । बिजया दशमीको शुभ अवसरमा ग्यालेक्सी फिटनेस सेन्टर द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर वार्ड नं. ३ मा आयोजना भएको रक्तदान कार्यक्रममा ९७ जना द्वारा रक्तदान गरिएको छ ।

Advertisement

सेन्टरका संचालक सानी आजकाको सभापतित्वमा भएको उक्त कार्यक्रममा जेष्ठ नागरिक हाजी नबि रसुल मियाँ प्रमुख अतिथि र बल्ड डोनर्स एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघन नेपाल बिशिष्ठ अतिथि रहनुभएको थियो ।

Advertisement

हाल रक्तसंचार केन्द्रमा रगतको अभाव भएको बेला र रक्तसंकलनमा कमी आएकोले आफु युवाहरूको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको संचालक आजले बताउनु भयो ।

कार्यक्रममा डा. समसुदिन आल्म, वडा अध्यक्ष गजेन्द्र पटेल, समाजसेवी इदरिस अली, रामक्षत्री जी,यसि मियाँ इबराहिम मियाँ,  भदई मियाँ,  फर्मुलाह मियाँ,  परवानीपुर प्रहरी चौकीका प्रहरी लगायत युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *