Categories समाचार

सरकारी गाडीको दुरूपयोग भइरहेको भन्दै युवाहरूले गा.पा. अध्यक्ष सवार गाडी रोके

बीरगंज । पकाहामैनपुर गाउँपालिकामा शनिबार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा सरकारी गाडीको दुरूपयोग भइरहेको भन्दै पकाहामैनपुर युवा सञ्जालका युवाहरुले गा.पा. अध्यक्ष सवार स्कर्पियो रोकेका छन् ।

नियम अनुसार बिना काम शनिबार सरकारी गाडी चलाउन रोक लगाए पनि पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफ्नो मनपरी गाउँको मानिसबाट अनावश्यक कामले स्कर्पियो चलाउन लगाई चलाउँदै गरेको अवस्थामा गाउँपालिकाको वडा नं २ मधुबनि श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिक युवा सञ्जालका युवाहरुले गाडी रोकी सोधपुछ गर्दा गाउँपालिका अध्यक्ष चौरसिया आक्रामक देखिएका थिए ।

Advertisement

गाउँपालिका अध्यक्ष चौरसियाले जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी पिताम्बर घिमिरेलाई फोन मार्फत जानकारी गराएका थिए । फेरि युवा सञ्जालका युवाहरुले जिल्ला प्रमुख अधिकारी घिमिरेसँग जानकारी गराउँदा जिल्ला प्रमुखले मौखित रूपमा मैले भनेको हो एक चोटी लागि छोडदिनु आउँदो शनिबार देखि आवश्यक काम परे लिखित रूपमा पास दिने गरी सहमति हुँदा युवा सञ्जालका युवाहरुले गाडी छोडेका युवा सञ्जालका प्रवक्ता प्रमोद पटेल बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *