वीरगंज । भोलेन्टियर समुह वीरगंज द्वारा मानवसेवा आश्रममा बडा दशैं शुभ दिपावली तथा छठ पर्वको उपल्क्षयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान प्रमुख अतिथि, बिशिष्ठ अतिथि उधोग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, युवा नेता अरबिन्द सिंह, अतिथि सामाजिक अभियन्ता प्रकाश थारू, रशमी दाश, स्रुती इन्फोसेसका संचालक नौनित अग्रवाल रहनुभएको थियो ।

आफ्ना शुभकामना मन्तब्य राख्दै अध्यक्ष लाठले युवाहरूको संगठित यस समुहले बिगतमा गरेको कार्यहरू सराह्रणिय रहेको र आउने दिनमापनी यस्तै कार्यहरू गर्दै जाने आफु बिस्वस्थ रहेको बताउदै कुनै बेला आफुले सहयोग गर्न सक्ने कार्यहरूमा सहकार्य गर्ने समेत बताउनु भयो ।

त्यस्तै प्रमुख अतिथि चौहानले यस्तो पवित्र स्थलमा कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिदैै सम्पूर्णमा शुभकामना राख्नुभएको हो साथै आश्रमका सदस्यलाई पत्रकारको मेल आईली संकलन गरेर आफुहरूले गरेको हरेक गतिविधि समाचारका लागी पठाउन आग्रह गर्नु भयो ।
अहिलेको भडकिलो दशैं तिहार होटलमा मनाउनु भन्दा समुह द्वारा पवित्र मन्दिर जस्तै रहेको आश्रममा रहनुभएका आमा बुवाहरू संग आफ्ना खुसी साट्न उपयुक्त ठानेर सरल र सहज तरिकाले सबैको सहभागीता हुने स्थल आश्रममा कार्यक्रमको आयोजना गरिएको समुहका संयोजक श्रीवास्तवले बताउनु भयो।

सह आयोजक स्रुती इन्फोसेसको आयोजनामा भएको सो कार्यक्रममा पहिलो पाईलाका अध्यक्ष निश्चल प्रजापति र पदाधिकारी, समुहका विनय गुप्ता, कमलेश कुश्वाहा, किशन सर्राफ, उज्जवल सर्राफ, सुलेखा अग्रवाल, प्रकृति अधिकारी ,प्रभा खड्का, उर्मिला सापकोटा, खुसि रौनियार लगायतको सहभागीता रहेको थियो साथै कार्यक्रम संचालन आश्रमका प्रदेश २ का संयोजक देवेश मानवसेवाले गरेका हुन ।






