वीरगञ्ज । वीरगञ्ज बाट करिब २० किलोमिटर पश्चिम र उत्तरमा रहेको पर्सागढी नगरपालिकाको वडा नम्बर ५ वहुअर्वा जुमन चौकमा आजबाट तराई ज्वेलर्स सुन चाँदी पसल सञ्चालनमा आएको छ।
पर्सा गढी नगरपालिकाको वडा नंवर ५ का वडा अध्यक्ष असलम आलमले आज एक कार्यक्रमका बीच विधिवत् रूपमा रिबन काटेर पसलको उद्घाटन गरेका छन्।
सो उद्घाटन समारोहमा वडा सदस्य शिवमतिया देवी , शेख जुमन ,मन्दिरका मण्डल, हिरालाल राय भर ,सैनुलाह मियाँ ,ओकिल मियाँ लगायत स्थानीयहरूको उलेख्निय सहभागिता रहेको थियो।
तराई ज्वेलर्सका संचालक रोहित सोनलका अनुसार अब वीरगञ्ज , जितपुर जानु पर्दैन सुन चाँदीको सम्पुर्ण गर गहना हामी यहाँ बाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।






