Categories समाचार समाज

वीरगञ्जका वरिष्ठ समाजसेवी थारुको नेतृत्वमा जनकपुरमा मागि खाने अपाङ्ग महिलाको उदार

पर्सा । वीरगञ्जका वरिष्ठ समाजसेवी प्रकाश थारुको नेतृत्वमा जानकी मन्दिर परिसरबाट मागि खाने एक अपाङ्ग महिलाको उदार गरिएको छ ।

दुबै हात नभएको, बोल्न नसक्ने तथा मानसिक सन्तुलनसमेत नभएकी महिलाको आइतबार उद्धार गरिएको हो । ती महिलालाई मानव सेवा आश्रम हरियोन पुर्याइएको थारुले बताउनु भयो ।

Advertisement

ती महिला तीनवर्षदेखि जानकी मन्दिरमा अलपत्र रहेको थाहा पाएपछि उनको उद्धार गरि मानव सेवा आश्रममा सहज जीवन यापनका लागि राखिएको समाजसेवी थारुले बताए ।

Advertisement

उनलाई उद्धार गरि आश्रमसम्म पुर्याउन समाजिक अभियन्ता सरोज राय, राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरबहादुर मगर, पुर्नजीवन स्थापना केन्द्रका प्रमुख अजितम पाण्डे, मानव सेवा आश्रमका देवेस मानवसेवा, मुन्न लिम्बु, युवा अभियन्ता बजरंग यादव, प्रविन महतो, कुल्दीप साह, लगायतको उपस्थिति थियो ।

समाजसेवी थारुले प्रदेश २ मा अलपत्र भएर कष्टकर जीवन व्यथित गरिरहेका मानसिहरुको उद्धार गरी मानवसेवा आश्रममा पुर्याउने कार्यमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *