Rato Pana
धर्म/संस्कृति

माईस्थानमा यसरी धुमधामका साथ फुलपाती भित्राइयो, फोटो फिचर र भिडियो सहित

Advertise: Advertise: Advertise:

श्याम सर्राफ

पर्सा । हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने माईस्थान मन्दिरका मुल पुजारीले बताए ।

फुलपातीको दिन अर्थात नवरात्रीको सातौ दिन घरघरमा फुलपाती भित्राइदै नवदुर्गा भवानीको स्वरुप मानेर कालरात्री देबीलाई पुजा गरिन्छ । घटस्थापनाकै दिन देखि दशै शुरु भएपनि फुलपातीको दिनदेखि बिशेष दशैको चहलपहल शुरु हुने गर्दछ ।

वीरगंज स्थित रहेको मालपोत कार्यालयबाट्ट बिधिबत पुजापाठ गरि बाजागाजा सहित डोली ल्याई मन्दिर परिसर परिक्रमा गरेर पुलपाती पुजन स्थलमा बिशेष पुजा हुने गरेको माईस्थान संचालक समितिका अध्यक्ष दिना गुप्ताले बताए । मुख्य जज्मान प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख विजय कुमार सरावगी र मालपोत कार्यालय प्रमुख रहनुभएको थियो ।

नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका आरती गर्नुका साथ पुजापाठ गरिन्छ । सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष मेला लाग्ने गर्दछ ।

Advertise:

Related posts

Leave a Comment