Categories हाइलाइट-समाचार

मुगुमा बस दुर्घटना, कम्तीमा २३ को मृत्यु

Advertisement

बुटवल । नेपालगञ्जबाट मुगुका लागि छुटेको यात्रु बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ७ मा दुर्घटनाग्रस्त हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताएका छन्।

प्रजिअ महतका अनुसार नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण छ।

Advertisement

बीच बीचमा बस रोकेर यात्रु चढाएको हुन सक्ने भएकाले यात्रु सङ्ख्या त्यो भन्दा बढी हुनसक्ने पनि ठानिएको छ। बस भिरालोबाटोमा धेरै तल खोलामा खसेको महतले बताए।

Advertisement

प्रजिअ महतले भने, “हामी घाइतेलाई उद्धार गरेर विमानस्थल पुर्‍याउने र शव सङ्कलन गर्ने काम गरिरहेका छौँ।”

घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर विभिन्न अस्पतालमा लगिने महतको भनाइ छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *