Categories समाचार हाइलाइट-समाचार

वेवारिसे लागु औषध गाँजासहित ग्याँस ट्याङ्कर नियन्त्रणमा

Advertisement

वीरगंज । पर्सा प्रहरीले रोकि राखेको ट्याङ्कर बाट्ट लागु औषध गाँजा सहित ट्याङ्कर नियन्त्रणमा लिएको छ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा आज अन्दाजी १४:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ आईसिपी गेट स्थितमा भारतीय NL01K0754 नम्बरको एल पी ग्याँस बोक्ने ट्याङ्कर बाट्ट लागु औषध गाँजा फेला परेको हो ।

Advertisement

संकास्पद रूपमा रोकिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले उल्लेखित नम्बरको ट्याङ्कर रितपूर्वक जाँच गर्दा उक्त ट्याङ्करको चालक बस्ने क्याबिन भित्र सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको लागु औषध गाँजा १२० के.जी. फेला परेको हो ।

Advertisement

NL01K0754 नम्बर ट्याङ्कर र सो गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

साथै उल्लेखित नम्बरको ट्याङ्कर चालक तथा ट्याङ्करधनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको  समेत  जानाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *