Categories समाचार

मासुको विषयमा विवाद हुँदा बाबुले गरे छोराको हत्या ।

सल्यान : मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

घरमा दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

Advertisement

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ। 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *