Categories मनोरञ्जन विदेश

अक्षयकुमारको ‘गोरखा’मा बहादुरीको गाथा

Advertisement

‘कहिले काहीँ तपाईंसँग यति प्रेरक कथा आइपुग्छ कि, तपाईं त्यसलाई बनाउन चाहनुहुन्छ’ ‘ अभिनेता अक्षय कुमारले आगमी फिल्मको सन्दर्भ खुलाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा’ महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक यस्तै फिल्म हो ।’

Advertisement

पछिल्लो समय बलिउड ‘देशभक्तीको गाथा’ गाइरहेका छन् । यसको शीर्ष दौडमा छन्, अभिनेता अक्षयकुमारले । उनको झुकाव ‘मेरा भारत महान्’ शैलीका सिनेमामा बढी देखिन्छ । यी ‘खिलाडी ब्वाई’को पछिल्लो उद्घोषले नेपाली समुदायको कान पनि ठाडो बनाएको छ ।

Advertisement

कारण हो, फिल्मको नाम ‘गोरखा’ । यो नाम नेपालीहरुको बहादुरीको कथासँग जोडिएको छ । त्यसो त भारतमा नेपालीलाई ‘बहादुर’ भनी हेय दृष्टिले पनि हेर्ने गरिन्छ । तर, ‘गोरखा’ले नेपालीलाई सूरबीर र सम्मानित रुपमा बुझाउँछ ।

Advertisement

अक्षयकुमारले ‘गोरखा’को फस्र्ट लुक सार्वजनिक गर्दै यसमा जोडिन पाएको खुसी व्यक्त गरेका छन् । फस्र्ट लुकमा खुकुरी बोकेका एक जंगी सैनिकको रुपमा उनलाई देख्न सकिन्छ । यस फिल्मले गोरखाको नभई  भारतिय सेनका मेजर जनरल इयान कार्डोजोको गुणगान गाउनेछ । उनी भारतिय सेनाका गारखा रेजिमेन्ट (पाँचौ गोरखा राइफल्स)बाट युद्ध लडेका थिए । उनले सन् १९६२, १९६५ को युद्ध र खासगरी सन् १९७१ को भारत–पाकिस्तान युद्ध लडेका थिए । युद्धको क्रममा उनको एउटा खुट्टा क्षतविक्षत भएको थियो । त्यसको तत्काल उपचार संभव नहुँदा उनले आफ्नै खुट्टा काटेर अलग गरेका थिए ।

यो फिल्म सञ्जय पूरन सिंह चौहानले निर्देशन गर्नेछन् । उनी भारतका राष्ट्रिय पुरस्कार विजेता निर्देशक हुन् । उनले यसअघि ‘चन्दा मामा दूर के’, ‘लाहौर’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *