Categories Uncategorized समाचार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Advertisement

स्याङजा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

Advertisement

उनी उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *