श्याम सर्राफ
वीरगञ्ज । पर्सा प्रहरीले चोरीको मोटरसाइकल सहित दुई जना पक्राउ गरेको छ।
०७८।०६।१३ गते अं.२०:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ चालिस फिट्टे सडक अगाडिबाट जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१५ का रामलखन साहको ना. १९ प ६३५५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल चोरी भएको थियो ।
पक्राउ पर्नेमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.३ का २३ वर्षिय द्दोय मोहम्द आशिक र आनिष हवारी रहेका छन ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा उक्त मोटरसाइकलको खोजतलास तथा अनुसन्धानको क्रममा प्रहरी चौकीबाट्ट खटिएको टोलीले हिजो १७:३० बजे उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ नम्बरको नम्बर प्लेट हाली चलाइरहेको अवस्थामा वीरगञ्ज म.न.पा.वडा नं.१६ बसपार्कबाट नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

साथै जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूले नक्कली साँचो बनाई सजिलैसंग चोरी गर्ने गरेको पाइएकोले सम्बन्धित सम्पूर्ण नागरिकहरूलाई आफ्नो मोटरसाइकलमा डिस्क लक लगाउन र सुरक्षित स्थानमा पार्क गर्नहुन समेत अनुरोध गरेको छ ।






