Categories समाचार

प्रदेश २ का जिल्लाहरुमा ग्रामीण उधम तथा आर्थिक विकास आयोजना

Advertisement

वीरगंज । ग्रामीण उधम तथा आर्थिक विकास आयोजना अन्तगर्त आज पर्सामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्त वर्दिवास महोत्तरीमा रहेको आर्थिक करीडर कार्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विभिन्न सम्बिन्धत कार्यालयका प्रमुख , विभिन्न पालिकाका प्रमुख ,विभिन्न संघसंस्थाका प्रतीनीधी लगायत संचारकर्मीको सहभागीता रहेको थियो ।

Advertisement

कार्यक्रममा मन्त्रालय अन्तगर्तको उतm कार्यालय मार्फत संचालन हुन गईरहेको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना बारे जानकारी गराईएको तथा संचालन हुनुपुर्व विभिन्न सरकोकारवालाको सुझाव संकलन गरीएको बर्दिवास कार्यालय प्रमुख डा.चन्द्र प्रसाद रिसालले बताए । कार्यक्रममा सहभागी मध्येका अधिकाशंले आफ्नै स्थानमा उत्पादन भएका तरकारी लगायत विभिन्न उत्पादीत सामाग्रीले बजार नपाउँदा ठुलो हानी बेहोर्नुपरीरहेको तथा उत्पादित सामाग्री बजारसम्म पुगदापनि विचौलियाका कारण लागनी अनुसारको भाउ नपाएको कारण किसानहरु समस्यामा परेको गुनासो गरेका थिए । चेली कृषी सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरेले किसानलाई अनुदानको व्यवस्था गरीएको भनेर सुनिने गरीएको तर विगत ३ वर्षदेखी च्याउन लगायत विभिन्न तरकारी वालि उत्पदान नगर्दै आएपनि कुनै किसिमको अनुदान वा आर्थिक सहयोग वा प्राविधीक सहयोग नपाएको गुनासो गरीन् । तर उतm आयोजना सुरु भएपछि केही राहत हुने विश्वास समेत उनले व्यक्त गरेकी छन् ।

Advertisement

त्यस्तै कृषि ज्ञान केन्द्र पर्साका प्राविधीक मुनिलाल प्रसादले कृषिमा विकासको फड्को मार्न नसकेको मुख्य कारण बजार भाउ नै नपाउनु रहेको बताए । धेरै जसो किसानले कृषि क्षेत्रमा केही राम्रो गर्न चाहेपनि कृषि प्राथमिकतामा नपरेकोले सिजन अनुसारको खेतीमा समेत बजार भाउ नपाउदा लगानी समेत उठाउन नसकेको उनको भनाई थियो । बजार भाउको व्यवस्थापन गर्ने उद्देश्यले संचालन हुन लागेको यो आयोजनाले ग्रामीण भेगका किसानहरु लाभान्वित हुने विश्वास रहेको बताए ।

त्यस्तै वीरगंज ३१ का किसान नवल किशोर झाले जबसम्म सरकारले किसान दुख बुझ्न प्रत्यक्ष रुपमा किसानको खेतसम्म पुग्दैन तबसम्म किसानको दुख आभास गर्न सक्दैन की जस्तो लागेको गुनासो गरे । उनले बजार व्यवस्थापन भन्दा पहिले स्थान र परिवेश अनुसार कुन सामान कति मात्रामा खपत हुन सक्छ त्यही अनुसारको उत्पदानमा जोड दिन आवश्यक रहेको बताए । उनले सबै किसानले एउटै वालि उत्पादन गर्नुभन्दा फरक फरक किसिमको वालि लगाउन सहयोग र सल्लाहको खाचो रहेको बताए । यसका साथै स्थानीय स्तरमा कुन कति उत्पादन गर्ने र काँहा लिएर जाने त भन्ने कुरामा जोड दिन आवश्यक रहेको उनको माग छ । उनले थप्दै स्थानीय उत्पदान भन्दा बाह्य उत्पदानबाट बढी आर्थिक लिने गरेका विौलियाका कारण भारत लगायत अन्य देशबाट वालि मगाउने तर स्थानीय स्तरको उत्पदानलाई प्राथमिकता नदिने चलन बढेको प्रती चिन्ता व्यक्त गरे ।

सहभमगी पालिकाका प्रतीनिधी र किसानहरुले पनि उत्पदानको लागत घटाउन र उत्पदान तथा आर्थिक लाम बढाउन अन्य स्थान तथा देशबाट सामाग्री आयातमा रोक लगाउन जरुरी रहेको बताएका थिए । साथै कृषि विमाबारे जनचेतना जगाउन र विमा प्रक्रिया सहज बनाउन माग गरेका छन् । जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाले पर्सा जिल्लाबाटै सुरुवात गरीएको यो आयोजनाले लिएको उद्देश्य अनुसारको कार्यमा पालिकाको पुर्ण रुपमा साथ रहेने प्रतीबद्धता जाहेर गरेका छन् । कार्यालय प्रमुख रिसालले कार्यक्रममा आएका सबै सल्लाह सुझावलाई प्राथमिकताका साथ छलफलमा राख्ने बताएका छन् । उनले देशभरी नै संचालनमा आएको यो आयोजना अन्तगर्त प्रदेश २ को ८ वटै जिल्ला अन्तगर्ततको ८४ वटा पालिकामा लागु गरी कृषिमा किसानलाई बजारीकरणका लागि आवश्यक स्थान पहिचान गरी विकास निर्माण देखी सबै तवरले सहजता प्रदान गर्ने उद्देश्यले अगाडी बढ्ने प्रतीबद्धता जाहेर गरेका छन् ।

किसानले उत्पदान गरेका वस्तुहरु बजार सम्म पुर्याईदिन विशेषज्ञ सहितको सेवा तथा बजारका पुर्वाधार विकास र उत्पदान र बजारसम्मको साझेदारीमा विशेष कार्य गर्ने प्रमुख रिसालले बताए । यो पंचवर्षिय आयोजना देशभरीका ३५ जिल्ला अन्तगर्तका १७१ वटा पालिकामा पहिलो चरणमा लागु भएको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *