Categories विदेश समाचार

दुबईमा अलपत्र बहुदरमाईका ७ युवाहरुको मेयरले गरे उद्धार

Advertisement

पर्सा । राम्रो काम लगाईदिने प्रलोभनमा एजेन्टबाट ठगिएका ७ जनालाई उद्धार गरिएको छ । दुबईमा फसेका पर्साको बहुदरमाई नगरपालिकाका ७ जनालाई उद्धार गरिएको हो ।

Advertisement

राम्रो जागिर लगाईदिने आश्वासन दिएर दुबई पठाएको म्यानपावर कम्पनीले भने अनुसारको जागिर नदिई अलपत्र पारेका युवाहरुलाई नगरपालिकाका मेयर नितेन्द्र साहको पहलमा उद्धार गरेको खबर छ । व्यक्तिगत भ्रमणका क्रममा दुबई पुगेका मेयर साहको सम्पर्कमा आएका युवाहरुले आफ्नो समस्याका बारे साहलाई जानकारी गराएका थिए । अलपत्र परेका आफ्नो नगरपालिकाका युवाहरुको उद्धारलाई प्राथमिकता दिँदै उनले उद्धार कार्य सुरु गरे ।

Advertisement

उद्धारमा दुबइमा रहेका नेपाली अमर हुसैनले पनि उल्लेखनिय सहयाेग गरेकाे साहकाे भनाइ छ। उनीहरु फर्किँदा लाग्ने टिकट तथा अन्य खर्चको व्यवस्थापन साहले गरेका थिए । उद्धार गरिएका युवाहरु बुधबार अबेर राति काठमाण्डौ ओर्लिदै छन् । काठमाण्डौबाट बहुदरमाईसम्मका लागि पनि गाडीको व्यवस्थापन गरिएको मेयर साहले जानकारी गराएका छन् ।

Advertisement

यसैबिच अलपत्र परेका अन्य युवाहरूकाे उद्धारकाे प्रयास पनि जारी रहेकाे उनले बताए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *