Categories समाज स्वास्थ्य

विभिन्न संस्थाको सहभागीतामा कण्डम दिवस मनाइयो।

Advertisement

पर्सा । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको पहिलो शनिबारका दिन मनाउने गरिएको कण्डम दिवस हिजो बिभिन्न संस्थाको सहभागीतामा मनाईएको छ।


नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको अगुवइमा मनाइएको दिवसमा बिरगंज महानगरपालिका, बिजाम, नेपाल अराधना समाज, सानोपाइला, एनजियोसिसी, भोलेन्टियर समूह, निलहिरा समाज लगायत दर्जनौं संस्थाहरुको समन्वय रहेको थियो ।

Advertisement

बिरगंजको घण्टाघर देखि आदर्शनगर भइ पुन घण्टाघर पुगि प्रभातफेरी कार्यक्रम कोणसभामा परिणत भैरो थियो । प्रभातफेरिमा पम्पलेट, कण्डम, जनचेतना सम्बन्धि प्लेकार्ड लगायत वितरण गरिएको थियो भने जनचेतनाला लागि कण्डमको डमि पनि बनाइएको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताए ।

Advertisement

रेडक्रसका बिरसमसेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, बिजामका निरज साह, उषा किरण चौधरी, सरिता श्रेष्ठ, भोलेन्टियर टिमको, राहुल गुप्ता, सन्जय दत्त,  शनि गुप्ता, कालू लामा, सुरज लिम्बू, बिधानन्द साह, विशाल कुमार गुप्ता, जटाशन्कर प्रसाद साह, अवधेस प्रसाद साह, सुमन चन्द्र ठाकुर लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *