Categories अर्थ समाचार

भन्सार छली ल्याएको कस्मेटिक सामान सहित भारतका एक नियन्त्रणमा

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याएको कस्मेटिक सामान सहित पिकअप नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार अन्दाजी १७:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा उल्लेखित नम्बरको पिकअपलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू फेला परेको हुँदा पिकअप तथा चालक लाई पक्राउ गरिएको हो ।

Advertisement

चालक भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० का पुनदेव प्रसाद यादव रहेका छन ।

उक्त सामानको रू.१०,००,०००।–(दश लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *