Categories समाचार

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित ५ जना पक्राउ

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सत्कार क्याफेबाट करिब ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाई भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला र ६ थान मोबाइल सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे रोशी गाउँपालिका-३ घर भएका २६ वर्षीय युवक लामा, नुवाकोट पन्चकन्या गाउँपालिका-४ घर भएका २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका-२ घर भएका २२ वर्षीय अरुण राई, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्चि नगरपालिका-२ घर भएका २० वर्षीय सुभाष गिरी र काठमाडौं गोकर्ण बस्ने रसुवा गोसाइकुण्ड गाउँपालिका-६ घर भएका २० वर्षीय दावा घले रहेका छन् ।

Advertisement

काठमाडौं चावहिल क्षेत्रमा प्रतिबन्धित दुर्लभ रेडपाण्डाको छाला अवैध रुपमा बिक्री गर्नका लागि लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई बिक्री गर्ने उद्देश्यले ल्याएको उक्त छाला सहित पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई उक्त छाला सहित आवश्यक कारवाहीका लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *