Categories समाचार

कारमा लागु औषध तस्करी गर्ने न्यौपाने र लामा पक्राउ ।

वीरगन्ज : भारतबाट निजी कारमा लागु औषध तस्करी गर्ने २ जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ का २६ वर्षीय सुमन न्यौपाने र त्यही ठाँउका २८ वर्षीय रोशन लामा रहेका छन्। 

सीमावर्ती भारतीय सहर रक्सौलबाट आउँदै गरेको बा ४ च १०२१ नम्बरको इण्डिका कार प्रहरीले वीरगन्ज १६ स्थित बाइपास सडकमा रोकेर चेकजाँच गरेको थियो। 

Advertisement

त्यस क्रममा कारपछाडिको सिटमुनि लुकाएर राखिएको लागु औषध वीनरेक्स १ सय एमएलको २ सय ३७ सिसी र नाइट्रोभेट ट्याब्लेट ६ सय पिस बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

Advertisement

कारबाट लागु औषध बरामद भएपछि चालक न्यौपाने र कारमा सवार लामा दुवै जनालाई कार सहित नियन्त्रणमा लिइएको खनालले बताए। पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *