Categories समाचार समाज

माग्नेलाई मौज दिनेलाई सास्ती,सडकमा जे देखियो ? (भिडियो सहित)

Advertisement

रातोपानाकर्मी

पर्सा । वीरगंज लगायत आसपासको क्षेत्रमा माग्नेहरूका कारण सास्ती बेहोर्नुपरेको छ । वीरगंज आर्थिक राजधानी संगै नेपालको प्रवेश द्वार भनेर चिनिन्छ । माग्नेहरूले बाहिर बाट्ट आउने पर्यटक तथा स्थानीयहरूसंग गर्ने व्यवहारले नराम्रो छाप छोडने प्रत्यक्षदर्शी बताउछन् ।

Advertisement

भिखारी देख्दा सामान्य मान्न सकिन्छ, तर उनीहरूले गर्ने हर्कत र स्थानीयले बेहोर्नुपर्ने सास्तीका कारण पनि यस तर्फ सम्बन्धित निकायले ध्यान दिन जरूरी रहेको सर्वसधारणको बुझाई रहेको छ ।

Advertisement

भारतीय भिखारीहरू भिख माग्ने उद्देश्यले मात्र नभई विभिन्न उद्देश्य राखेर भिखारीको भेषमा आएको हुन सक्नेतर्फ राज्य र राज्यका अंगहरू चनाखो हुनुपर्ने सामाजिक अभियन्ता प्रकाश थारूको धारणा छ । उनले त्यस्ता भिखारीलाई उठाएर भारतमै पठाइदिनुपर्ने बताए ।

त्यस्तै युवा अभियन्ता तथा मधुशाला खाजा घरका संचालक राजन श्रीवास्तव भन्नु हुन्छ, “एक जना बच्चा बोकेर हिडेकी महिला मेरो पसलमा माग्दै आईन शारीरिक रुपमा हृष्ट पुष्ट देखिने ती महिलालाई मागेर किन हिडेको काम गर्नु पर्दैन भनेर प्रश्न गर्दा मेरो जात नै मागेर खाने हो रे। मैंले- बरु केहि काम खोज्दिन्छु गर्ने हो भन्दा कति पैसा दिने हो भनेर प्रश्न गरिन्?
साथै उसले मागेर पाउने रकम भन्दा धेरै भए सोचौला भनिन, मैंले सोधे कति कमाईन्छ मागेर ? उसले भनिन दिनको १२-१५ सय  जसमा दिनको मेरो खर्च ५ सय राख्छु बाँकी मेरो बचत हो । म सँगै बसेका धेरै जना  छक्क पर्यौ”।

वीरगन्जका युवा संचारकर्मी हेमन्त तमांग आफ्नो सामाजिक संजालमा लेख्नुहुन्छ, “सबै मिलेर अभियान चलाऔं, वीरगन्जलाई भिखारी मुक्त बनाऔं ,वीरगन्ज क्षेत्र भित्र रात्री समयमा सडक पेटिमा एक दम कम, अहिले कहि त शुन्य संख्यामा छत नभएका अनि भोका लाई भेट्छौं। तर याद गर्नुहोस् त दिउँसो कयौ माग्नेहरु घुमिरहेका हुन्छन्। माग्नेहरुमा सबै उमेर समूहका बाल बालिका ,महिला , पुरुष अनि केहि बाबा जी जस्तो बनेर मागि रहेका हुन्छन् । वास्तवमै घरबार नहुनेहरु त राती पनि सडकमा  देखिनु पर्ने हो नि होइन र? अर्को आश्चर्यको कुरा त अधिकांश माग्ने हृष्ट पुष्ट हुन्छन्।
अब भन्नुहोस् यस्ता व्यक्तिलाई‌ परिश्रम नगरी सहजै खान हामीले नै सिकाईरहेका छौं नि हैं। भिख होइन, परिश्रम गर भनि संदेश दिऊ” ।

मुलुकी अपराध संहिता ऐन २०७४ ले सार्वजनिक स्थलमा भिख माग्न प्रतिबन्ध लगाएको छ । सो समितिमा भिक्षा मागे एक हजार रुपैयाँ र अरूलाई माग्न लगाएमा १० हजार रुपैयाँसम्म जरिवाना र कैदसमेतको व्यवस्था गरेको छ ।

ऐनको दफा १२६ मा गरिएको व्यवस्था अनुसार कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा मागेमा, कसैले बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा माग्न लगाएमा र अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन दिएमा पहिलोपटक भिक्षा मागेको भए एक महिना कैद वा एक हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।

दोस्रोपटकदेखि प्रत्येकपटक दुई महिना कैद वा दुई हजारसम्म जरिवानाको व्यवस्था छ । माग्न लगाएको भए पहिलो पटकमा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दोस्रोपटकदेखि प्रत्येकपटक तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै गर्ने व्यवस्था रहेको छ।

वीरगंजको बसपार्क, माईस्थान , महाबीरस्थान,घडिअर्वा पोखरी, अलखिया मठ र विभिन्न धार्मिक स्थल तथा सडकमा समेत केहि स्थानीय र भारतीय मूलका माग्ने धेरै छन् । भारतीय माग्नेहरू नेपालको सीमाबाट प्रवेश गर्ने र देशका अन्य सहरमा पनी भित्रिने गरेका छन् । माग्न बालबालिकाको प्रयोग गर्ने, अंगभंग भएका अवस्थामा सडकमा बस्ने र कतिपयले आगन्तुकलाई निरुत्साहितसमेत गर्ने गरेका देखिएको छ ।

माग्नेहरूको पैसा उठाउने तरिका

विभिन्न पुजा पाठको भाकल गरिएको नाममा , आफन्तलाई उपचार गराउन, छोरीको बिहे गराउन, अन्य , हाल तराई मधेशमा छठ महापर्वको रौनक बढे संगैै माग्नेहरूको चहलपहल बढेको बुझिएको छ । स-साना बालबालिकाको समुह प्रयोग गरी पसलहरूमा माग्न लगाउने, एक जनालाई दिएपछी बाकिहरू होहल्ला गर्ने,  हिडिरहेका व्यक्तिलाई चारै तिरबाट्ट घेरेर पैसा माग्ने र नदिए अपशब्द प्रयोग गर्ने जस्ता क्रियाकलाप गर्ने गरेको प्रत्यक्षदर्शी बताउछन ।

हुन सक्छ सबै त्यस्ता छैन्न तर त्यस्ताहरूले गर्दा वास्तविक पिडित, दिनदुखी र लाचारहरू पनी बदनाम हुनु पर्ने अवस्था छ। कतीले त माग्ने कामलाई नै मुख्य पेशा बनाई विभिन्न रंग ढंग बनाई माग्दै हिडिरहेकाहरूको सर्वसधारणहरूको बुझाई रहेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *