काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत भारतबिरुद्ध पाकिस्तानको जितमा खुसीयाली मनाउने भारतीय शिक्षिका निस्कासित भएकी छन् ।
आइतबार भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । उक्त नतिजापछि राजस्थानको उदयपुरमा रहेको एक विद्यालयमा पढाउने शिक्षिका निष्कासित हुनुपरेको हो ।
पाकिस्तानको जितपछि ती शिक्षिकाले ह्वाटस्एपमा पाकिस्तानी खेलाडीको तस्बिर राख्दै ‘जित गए’, ‘वी वन’ लेखेकी रहेछिन् । उक्त स्टाटस उनको विद्यार्थीहरुका अभिभावकले देखेका थिए ।
त्यसपछि अभिभावकले शिक्षिकालाई तपाई पाकिस्तानको सर्पोटमा हो ? भनेर प्रश्न गर्दा ‘हो’ भन्ने शिक्षिकाले जवाफ दिएकी थिइन् । त्यसपछि अभिभावक र शिक्षिकाबीच लामो विवाद भएको थियो ।
विवादपछि उनीहरुको च्याट स्क्रीनसट स्थानीय समाचार माध्यमलाई उपलब्ध भएपछि उक्त च्याट भाइरल भएको थियो । त्यसपछि विद्यालयले शिक्षिकालाई कारवाही स्वरुप निश्काशन गरेको थियो ।
भारत र पाकिस्तानको सम्बन्ध सुधार नरहेको अवस्थामै भएको उक्त खेललाई धेरैले चासोका साथ हेरेका थिए । निश्कासित भएपछि उनले मजाक गरेर पाकिस्तानको सपोर्ट गरेको प्रतिकृया दिएकी छन् ।
उक्त विषयले यत्रो हंगामा हुने नसोचेको बताउँदै उनले आफू भारतीय भएको हिसावले भारतकै सपोर्टर भएको बताएकी छन् ।
बीबीसी हिन्दीबाट






