Categories मनोरञ्जन विदेश समाचार

बिहेको तयारीमा विक्की कौशल र कैटरिना कैफ

Advertisement

काठमाडौं। बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो।

Advertisement

पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ।

Advertisement

पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्ने छन्। हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन्। उनीहरूको ड्रेस सब्यसाचीले डिजाइन गरिरहेको छ।

Advertisement

अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो। उनीहरू पछिल्लोपटक सरदार उधूम फिल्मको प्रिमीयरमा सँगै देखिएका थिए।

केही समयअघि उनीहरूले १८ अगस्तमा इंगेज्मेन्ट गरेको खबर पनि फैलिएको थियो। तर, उनीहरूले आफूहरू प्रेममा रहेको कुरा मिडियासामु भने स्वीकारेका छैनन्।

कैटरिना र बिक्की प्रायः एक अर्काको घरमा गइरहन्छन्। एकपटक बिक्कीका भाइ सनीसँग उनीहरूको सम्बन्धको बारेमा सञ्चारकर्मीले सोधीखोजी गरेका थिए। तर उनले त्यो सबै अफवाह मात्रै भएको दाबी गरेका थिए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *